• २०८१ पुष ८, २०८१ ०२:२८

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता माओबादी पछि पर्यो

काठमाडौँ ५ मंसिर, राप्रका उम्मेदवार ज्ञानेन्द्र शाहीले जुम्लामा निकै फराकिलो अग्रता कायम गरेका छन् । उनले अहिले सम्म १३०० मत गन्दा ८६७ मत प्राप्त गरेका छन् ।

यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २८४ मत  प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले ६६ मत प्राप्त गरेका छन् । ज्ञानेन्द्र शाहीले पहिलोपटक प्रतिनिधिसभाको चुनाब लडेका हुन् । उनि राप्रपामा प्रवेश गर्नु भन्दा अघिनै भ्रस्टाचार बिरुद्ध अभियान चलाएर चर्चित भएका व्यक्ति हुन् । ज्ञानेन्द्र यस्तो युवा नेता हुन् जो देशको विकास गर्छु भनेर कम्मर कसेर लागेका व्यक्ति हुन् ।