• २०८१ पुष ८, २०८१ १०:५६

काठमाडौँ ४ मा गगन थापाको शानदार जित

काठमाडौँ ६  मंसिर, काठमाडौँ क्षेत्र नं. ४ मा गगन थापा विजयी भएका छन् । उनले एमालेका उम्मेदवार रञ्जन भट्टराईलाइ पराजित गरेका हुन् ।

गगन थापाले २१ हजार ३०२  मत पाएका छन्  भने नेकपा एमालेका उम्‍मेदवार १३ हजार ८५५ मात्र मत ल्याएका छन् । २०७४ को चुनाबमा पनि गगनले यहि क्षेत्रबाट राजन भट्टराईलाई पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।