काठमाडौँ ७ मंसिर, गोरखा क्षेत्र नं. २ मा प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार ८ सय ८२ मत ल्याएर विजयी भएका हुन् ।
पाण्डेका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वसन्त गुरुङले ५ हजार ३ सय ६० मत प्राप्त गरेका छन् । पाण्डे ११ हजार ५ सय २२ मतको फराकिलो अन्तरले विजयी भएका हुन् । यो क्षेत्रमा कूल २७ हजार ४ सय ३० मत खसेको थियो ।
पाण्डे यसअघि राष्ट्रियसभा सदस्य थिए । उनले राष्ट्रियसभा कार्यकाल सकिएपछि निर्वाचनमा लागेका थिए ।
गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार छन् ।