काठमाडौँ मंसिर ८, चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने भारि मतले विजयी भएका छन् । उनले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याएर विजयी प्राप्त गरेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याएर दोस्रो भएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याउँदै तेस्रो बनेका छन् । नेकपा एमालेको पकड क्षेत्र मानिएको चितवन २ मा घण्टीले पकड जमाएका छन् । २०७४ सालको निर्वाचनमा चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।