काठमाडौँ मंसिर १९, ब्राउन सुगर मुद्दामा एक वर्ष कैद फैसला भई फरार रहेका मानिस चार वर्षपछि पक्राउ परेको छ । रुपन्देही सैनामैना नगरपालिका वडा न. १० घर भएका पुन्ने प्रसाद चौधरी एक बर्ष जेल बसेर फरार भएका थिए ।
मिति २०७५/०२/२६ गतेको रति करिब ८ बजेर १५ मिनेटको समयमा जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा न. २ योगिकुटि स्थितमा प्रहरीद्दारा चेकजाँच गर्दा भारत सुनौली बजार स्थितमा गई रु १२०० को १ ग्राम ५०० मिलिग्राम लागु औषध ब्राउन सुगर किनी ल्युदै गर्दा प्रहरीले पक्राउ गरिएको थियो । पुन्नेलाई प्रहरीले लागु औषध मुद्धा दर्ता गराएर अनुसन्धान पश्चात सम्मानित जिल्ला अदालत रुपन्देहीले थुनछेक आदेशले रु १० हजार धरौटी माग भएको थियो । उनि १० हजार धरौटी जम्मा गरेर रिहा भई सम्मानित जिल्ला अदालत रुपन्देहीले मिति २०७५/०८/२६ गते १ बर्ष कैद फैसला भएकोमा फैसला भए पश्चात पुन्ने चौधरी फरार भएको थियो । फरार पुन्नेलाई ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीको प्रहरी निरीक्षक सहितको टोलीद्दारा खोजतलास गर्दा फेरी पक्राउ परेको हो । सम्मानित जिल्ला अदालत रुपन्देहीको आदेशमा पुन्ने चौधरीलाइ कारागार चलन गरिएको छ ।