• २०८१ पुष ८, २०८१ १०:४६

गण्डकीमा कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : सुरेन्द्र पाण्डे

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशसभा सदस्य सुरेन्द्र राज पाण्डेले गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् । गण्डकी प्रदेशमा पाण्डेकै नेतृत्वमा सरकार बन्ने उनले दाबि गरेका छन् ।  गठबन्धनका साझा उम्मेदवार पाण्डेले गोरखा क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यको चुनाब जितेका थिए । प्रचण्ड चितवन छोडेर गोरखा २ मा आएपछि उनले संघबाट प्रदेश झरेको बताएका छन् ।

मुख्यमन्त्रीका मुख्य दाबेदार पाण्डे नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई र सभापति देउबाको जोडबलमा मुख्यमन्त्री बन्न लागेका हुन् । कांग्रेसमा पाण्डे देउबा बिचार समुहका हुन् । उनले सभापति देउबा संग मुख्यमन्त्री बन्न कुराकानी गरिसकेको बताएका छन् ।