पोखरा — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनको सरकार बन्ने बताएका छन् । अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश नपाइसकेको भन्दै आवश्वक परे माओवादीले पनि यसको नेतृत्व लिने अवस्था आउन सक्ने उनले बताए ।
आफ्नो जन्मठाउँ कास्कीको अन्नपूर्ण गाउँपालिकाको एक विद्यालयको कार्यक्रममा आएका दाहालले बुधबार बिहान पोखरामा पार्टीका केन्द्रीय सदस्य र गण्डकी प्रदेशका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘सरकार गठबन्धनकै हुन्छ,’ उनले भने, ‘अहिले सरकार गठनको विषय चलिरहेको छ । तर नेपाली कांग्रेसको संसदीय दलको नेता को हुन्छ भन्ने विषय महत्त्वपूर्ण रहेको छ । कांग्रेसको संसदीय दलको नेता चयन पछि सरकार गठन हुने बताएका छन् ।