काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउबा निर्वाचित भएका छन् । बुधबार भएको मतदानमा सभापति देउबाले ६४ मत र गगन थापाले २५ मत पाएका छन् । देउबाले गगनले भन्दा दोब्बर मत अर्थात् ६४ मत प्राप्त गरेर संसदीय दलको नेता चयन भएका हुन् ।
नेपाली कांग्रेसको तर्फमा प्रतिनिधि सभामा जम्मा ८९ सांसद रहेका छन् । आजको निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदले मतदान गरेका थिए । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन पछि अब शेरबहादुर देउबाको नेतृत्वमा सरकार गठनको पहल हुने छ ।