काठमाडौँ । गुरुङ्ग समुदायहरुले आज ल्होसार पर्व भव्यताका साथ मनाइरहेका छन् । पात्रो अनुसार हरेक बर्षको पुस महिनाको १५ गते ल्होसार मनाउने गर्दछन् । यो पर्व गुरुङ समुदायले देश तथा विदेशमा धुमधामका साथ मनाउने गर्दछन् ।
तमु ल्होसार गुरुङ जातीको महान चाड हो । ल्होसार भनेको नयाँ बर्ष हो । गुरुङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।
तमु समुदायले पुरानो ल्हो(बर्ग)को बिदाई र नयाँ बर्गको स्वागतमा ल्होसार पर्व मनाइने गर्दछन् । गुरुङ जातिको पात्रो अनुसार १२ वटा बर्गहरु रहेका छन् । आज बाट बाघ बर्गको बिदाई र बिरालो बर्गको स्वागत गर्दै यो बर्ष ल्होसार पर्व मनाइरहेको छ । तमु जातिको हरेक बर्षको पुस १५ गते बर्ग फेरिने गर्दछन् । काठमाडौँ भित्र बसोबास गर्ने तमु जातिले आज टुडिखेलमा धुमधामका साथ ल्होसार पर्व मनाइरहेका छन् । टुडिखेलमा भैरहेको ल्होसार कार्यक्रममा नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्ड सहभागी भएका छन् । ल्होसार पर्वको बिशेष कार्यक्रममा तमु जातिले विभिन्न झाँकीहरु प्रस्तुत गर्ने गर्दछन् ।