काठमाडौँ । बनेपाबाट खार्पचोक जादै गरेको बसले नमोबुद्ध ७ स्थित २० किलोमा बालिकालाई ठक्कर दिदा ८ बर्षीय दिबिसा अधिकारीको मृत्यु भएको छ । बसको ठक्करले बालिकाको घटनास्थलमै मृत्यु भएपछि स्थानीयले उक्त बसलाई आगो लगाएको छ । घटना पछि स्थानीय आक्रोशित बन्दै बा २ ख ७३४२ बसलाई आगो लगाएर ध्वस्त पारेका हुन् । घटनाको बिस्तृत विवरण आउन बाकि रहेको छ ।
