• २०८१ पुष ८, २०८१ ०९:३३

संसदमा ओलीको गर्जन रविले हार्दा कसले न्याय पायो ?

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रविको बचाऊ गर्दै सर्बोच्च अदालतलाई प्रश्न गरेका छन् । सर्बोच्च अदातलले पौष १३ गते रवि लामिछानेलाई नागरिकता बिषयमा दोषी ठहर गरेपछि सांसद, गृहमन्त्री र सभापति गुमेको थियो ।

ओलीले संसदमा बोल्दै रवि लामिछानेले जनताको अत्याधिक मत पाएर निर्वाचन जितेको हो संसदको ढोका खुल्ला देखेर फुत्त छिरेको होइन भन्दै रवि लामिछानेको बचाऊ गरेका छन् । रवि लामिछानेको विरुद्ध उजुरी दिने व्यक्तिलाई के मर्का पर्यो र उजुर गर्न गयो भन्दै सर्वोच्च अदालतलाई प्रश्न गरेका छन् । रवि लामिछानेले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता भएपछि निर्वाचन आयोगले बैधानिकता दिएको थियो । सर्वोच्चको फैसलाले कसले न्याय पायो ? रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?’ भनेर प्रश्न गरेका छन् ।