• २०८१ पुष ८, २०८१ ०२:०७

राष्टिय स्वतन्त्र पार्टीले गरे सरकारबाट बाहिरिने निर्णय

काठमाडौँ । राष्टिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसुन्धारा पार्टी कार्यालयमा बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । राष्टिय स्वतन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री समक्ष राजिनामा बुझाउने भएको छ । सरकार छाडेपनि सरकारलाई दिएको समर्थन भने कायम रहने रहेको सभापति लामिछानेले बताएका छन् ।

रवि लामिछाने अनागरिक भएपछि पुन:नागरिकता प्राप्त गरेका थिए । सांसद र गृहमन्त्री पद गुमाएका रविले पुन नागरिकता प्राप्त गरे संगै गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए तर प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री बनाउन प्रचण्ड सहमत नभए पछि सरकारबाट बाहिरिने निर्णय गरेको हो । रवि लामिछानेले पुन नागरिकता प्राप्त गरे संगै फेरी उनको राहदानी सम्बन्धि उजुरी परेको छ । राहदानीको कारणले रविलाई गृहमन्त्री बन्दा फेरी अप्ठेरो पर्ने भएकोले प्रधानमन्त्री प्रचण्ड सकारात्मक नदेखिएको बताएको छ ।