• २०८१ पुष ८, २०८१ ०४:२६

नायक पल जेलबाट छुटे

काठमाडौँ । कलाकार तथा अभिनेता पल शाह रिहा भएका छन् । तनहुँ जिल्ला कारागारबाट साढे ११ बजे रिहा भएका हुन् । पोखरा उच्च अदालतले पलको पक्षमा फैसला गर्दै सफाई दिने निर्णय गरेको हो । नाबालिक बलात्कार आरोप लागेका उनलाई बालयौन दुरुपयोग मुद्धामा साढे २ बर्षको जेल सजाय तोकिएको थियो । पोखरा उच्च अदालतले आइतबारनै पललाई सफाई दिएको थियो तर आइतबार कार्यालय समय सकिएकाले आवश्यक प्रक्रिया पुर्याएर सोमबार मात्र रिहा भएका हुन् ।

रिहा भएपछि उनी काठमाडौँ आउने बुझिएको छ । एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।  तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।