• २०८१ पुष ८, २०८१ १०:०९

प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्बोच्चमा रिट दर्ता

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । माओबादी जनयुद्धको समयमा आफ्ना परिवार गुमाएका पिडितहरुले मंगलबार सर्वोच्चमा रिट हालेका हुन् । रिट निवेदन दिनेहरुमा कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडी र ज्ञानेन्द्रराज आरण रहेका छन्  । उक्त रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते १ गते सशत्र जनयुद्धमा मारिएका मध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका थिए । माओबादी जनयुद्ध कालमा करिब १७ हजारले ज्यान गुमाएको बताएको छ । प्रचण्डको अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।

सर्वोच्च प्रसाशनले यसअघि दरपिठ (दर्ता नहुने) आदेश गरेको थियो । सो निर्णय विरुद्ध रिट निवेदकले पुनः सर्वोच्चमा निवेदन दिएका थिए । निवेदनमा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतका कानुन व्यवसायीले बहस गरेका थिए । सर्वोच्च प्रशासनको आदेशविरुद्धको निवेदनमा सुनुवाई गर्दै न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले निवेदन दर्ता गर्न आदेश गरेका हुन् ।

प्रचण्डको अभिव्यक्तिलाई लिएर सशस्त्र द्वन्दका पीडित पक्षले उनीमाथि कारबाहीको माग गरेर प्रहरी प्रधान कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग लगायतमा उजुरी दिएका थिए । तर, सो उजुरीउपर प्रक्रिया अघि नबढेको भन्दै उनीहरू सर्वोच्चमा पुगेका हुन् । सार्वजनिक रूपमा नै जिम्मेवारी लिएपछि प्रचण्डको अभिव्यक्ति छानबिनको माग गरिएको छ ।