• २०८१ पुष ८, २०८१ ०६:३७

प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको निधन

काठमाडौँ अषाढ २७ । प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको निधन भएको छ । उनको नर्विक अस्पतालमा बिहानको ८:३३ बजे निधन भएको हो ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयघात भएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बिहान ८ बजे नर्विक अस्पताल लागिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

सिता दाहालको जन्म कास्कीको हेम्जामा वि.सं. २०११ साल अषाढ २१ गते भएको थियो । आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो । उनि २०२८ साल देखि कम्युनिष्ट आन्दोलनमा आवद्ध भएकी थिइन् । सिता दाहाल माओबादी केन्द्रको सल्लाहकार थिइन् ।