• २०८१ पुष ८, २०८१ १२:४७

कोरियाबाट बैधानिक रुपमा फर्किएर पुन : जान चाहनेको लागि बिशेष भाषा परीक्षा हुदै

५ साउन, काठमाडौँ । कोरियामा बैधानिक रुपमा श्रम गरेर फर्किएका नेपालीहरुलाई लक्षित गरेर पुन : बिशेष कोरियन भाषा परिक्षा संचालन हुने भएको छ । दक्षिण कोरियामा ५ बर्ष भन्दा कम काम गरेर फर्केका नेपालीहरुले यो भाषा (सीबीटी) अन्तर्गत परिक्षामा सहभागी हुन पाउने भएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले २०२३ लागि यो बिशेष कोरियन भाषा परिक्षा सुरु गर्न लागिएको बताएको छ ।

लामो समय देखि नेपालमा यो बिशेष कोरियन भाषा परिक्षा (सीबीटी) रोकिएको थियो भने यो बिशेष भाषा परिक्षा उत्तीर्ण गरेका कामदारहरु पनि पुन: कोरिया जान पाइराखेका छैनन् । कोरियाले २०२३ का लागि नयाँ भाषा परिक्षा नहुने बताईरहदा यो बिशेष भाषा परिक्षा कोरियाबाट बैधानिक रुपमा फर्किएर पुन: चाहनेलाई ठुलो अवसर बन्न सक्छ ।

इपीएस शाखाका अनुसार ह्युमन रिर्सोस डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी)बाट यस्तो परीक्षा सञ्चालन हुँदैछ । यो परीक्षा पास गरेपछि पुनः कोरिया जाने कामदारलाई वैधानिक बाटो खुल्ने छ । एचआरडीबाट प्राप्त नाम समावेश भएका मध्ये इच्छुक नेपाली कामदारले आवेदन दिन सक्ने भएका छन् ।

यो भाषा परिक्षामा १ जनवरी २०१० पछि भिसा अवधि सकेर नेपाल फर्केका तथा अबैधानिक नबसेका नेपालीहरुले सीबीटी बिशेष भाषा परिक्षा दिन पाउने भएका छन् । उमेर १८ देखि ३९ बर्ष ननाघेको हुनु पर्छ । यो भाषा परिक्षा सामेल हुन पाउनेहरुको नामावली इपीएस कोरिया शाखाको वेवसाइटबाट हेर्न सकिन्छ । त्यहाँ नाम भएका नेपाली नागरिकले मात्र यो परीक्षामा भाग लिन पाउने भएका छन् । विशिष कोरियन भाषा परिक्षाको लागि २२ हजार ६ सय ६९ जनाको नाम प्रकाशन भएको छ ।

फारम वितरण तथा दर्ता मिति १३ साउनदेखि १५ साउनसम्म तोकिएको छ । परीक्षा तालिका घोषणा ८ भदौ २०८० मा हुने भएको छ । परीक्षा भने १८ भदौ देखि २९ भदौसम्म चल्ने भएको छ । नतिजा ३ असोजका दिन प्रकाशित हुने भएको छ । परीक्षाका लागि आवेदन अनलाइन दिने सकिनेछ । त्यसपछि एडमिट कार्ड डाउन्लोड र प्रिन्ट गरी सुरक्षित राख्नु पर्नेछ ।