• २०८१ पुष ८, २०८१ ०७:३०

नेम्वाङको निधनमा सरकारले भोलि सार्वजनिक बिदा दिने

भदौ २७, काठमाडौँ । नेपाल सरकारले भोलि बिहिबार सार्वजनिक बिदा दिने भएको छ । नेकपा एमालेका नेता तथा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङको निधन भएपछि देशभर सार्वजनिक विदा दिने भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २८ गते बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै सरकारले नेम्वाङलाई भोलि २८ गते राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । पूर्व सभामुख तथा एमाले नेता नेम्वाङको हिजो २६ गते मंगलबार निधन भएको थियो । उनको पार्थिव शरीरलाई अहिले बालुवाटारस्थित आफ्नै निवासमा श्रद्दान्जलीका लागि राखिएको छ ।

पूर्व सभामुख नेम्वाङको ७१ बर्षको उमेर निधन भएको हो। उनको हृदयाघातबाट सोमबार राति निधन भएको जनाएको छ । नेम्वाङलाई सोमबार राति १ बजेको समयमा बाथरूममा बेहोस अवस्थामा भेटिएपछि टिचिङ अस्पताल लागिएको थियो भने अस्पताल पुर्याउदा उनको निधन भैसकेको अस्पताल स्रोतले बताएको छ ।  इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए । उनी इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका थिए । २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बनेका थिए ।