भदौ २८, काठमाडौँ। संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
अन्तिम विदाईमा प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । यसैगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।
नेम्वाङको अन्तिम बिदाईमा मानिहरुको उल्लेख्य सहभागिता रहेको थियो । एमाले पार्टीका नेता तथा कार्यकर्ताहरु,अन्य पार्टीका नेताहरु तथा इष्ट मित्र तथा सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे परेको थियो । नेम्वाङ गएको मंगलबार निधन भएको थियो ।