• २०८१ पुष ८, २०८१ ०६:२१

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

भदौ ३०, काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड आज अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्टसंघको महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका गएका हुन् । प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्डको सहित छोरि गंगा दाहाल परराष्ट्रसचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी सहभागी छन् । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद भने तयारीका लागि यसअघि अमेरिका पुगिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्ड अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधनपश्चात् असोज ५ गते अमेरिकाबाटै चिनको औपचारिक भ्रमणका लागि हाङझाउ जाने कार्यक्रम छ ।