असोज २८, काठमाडौँ । गोरखा जिल्ला सिरानचोक गाउँपालिका २ थालाजुङमा १५ औं दशैं रनिङ कप २०८० फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुदै छ । युनाइटेड युथ क्लबद्वारा संचालित यो प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले गर्ने भएको छ ।
दशैँको अवसरमा हरेक वर्ष यो प्रतियोगिता आयोजना हुदै आएको छ । यस बर्ष पनि बिगतको जस्तै खुल्ला फुटबल प्रतियोगिता हुन लागेको हो । असोज २९ देखि कात्तिक ४ गतेसम्म एक साता प्रतियोगिताअन्तर्गतका खेल हुने आयोजकले बताएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई रू. १ लाख ५० हजारका साथ मेडल, प्रमाण-पत्र र ट्रफी, द्दितिय हुनेलाई रू. ७५ हजारका साथ मेडल तथा प्रमाण-पत्र र फेयर प्लेलाई रू. १५ हजार राशीको पुरस्काको ब्यवस्था गरीएको छ । उक्त खेलमा सहभागीता जनाउन दर्ता शुल्क स्वरूप रू. १० हजार बुझाउनुपर्ने छ ।
रनिङ कपको दर्ता गर्ने अन्तिम दिन सम्म जम्मा १९ टिम सहभागी भएको आयोजकले जानकारी दिएका छन् । भोलि हर्मी टिम र थाप टिम बीचको पहिलो खेल २ बजेर ३० मिनेटमा हुने छ ।