• २०८१ पुष ८, २०८१ ०६:०९

जाजरकोटमा फेरी गयो भूकम्प

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरी भूकम्प गएको छ । सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु भएर ५.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पहिलो पराकम्प महसुस भएको ९ मिनेटपछि ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ म्याग्‍निच्युडको अर्को झट्का महसुस गरिएको छ ।

शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्पले जाजरकोट र रुकुममा ठुलो जनधनको क्षति पुर्याएको छ ।