काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट उम्मेदवार बनेका सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार प्राप्त गरेका छन् ।
सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाए । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।
प्रतिनिधि सभामा २०७४ र २०७९ मा लगातार पछिल्ला दुई पटक झापा ३ बाट राप्रपाका राजेन्द्र लिङदेनसंग चुनाबमा पराजित भएका उनले संसद प्रवेशका लागि राष्ट्रिय सभाको बाटो रोजेका थिए ।
सिटौला विगतमा उपप्रधान तथा गृहमन्त्री भइसकेका व्यक्ति हुन् । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काममा कांग्रेसबाट सहजीहरणको भूमिका समेत निर्वाह गरेका उनी संविधान सभामा संविधानको मस्यौदा समितिको नेतृत्व गरेका थिए ।