काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज देखि झापाको मेची पुलबाट सम्बाद यात्रा सुरु गरेका छन् । थापाले भद्रपुरको मेची पुलबाट जनताको कुरा सुन्न सम्बाद यात्रा सुरु गरेका हुन् । हुलाकी राजमार्ग वरपरका २१ जिल्लाका जनताको कुरा सुन्न सम्बाद यात्रा थालनी गरेको थापाले बताएका छन् ।
सम्बाद यात्रा माघ २६ गते सम्म संचालन हुने छ । झापाबाट सुरु भएको सम्बाद यात्रामा अर्का महामन्त्री विश्व प्रकाश शर्मा, कृष्ण प्रसाद सिटौला, प्रदीप पौडेल लगायत नेताहरु सहभागी भएका छन् ।
संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम हुने महामन्त्री थापाको सचिवालयले जनाएको छ ।
उनले संवाद यात्रामा औपचारिक कार्यक्रम नगर्ने बताएका छन् । सबैजसो कार्यक्रम वडा स्तरमा आयोजना हुने र कांग्रेसको वडा तहले संयोजन गर्नेछ ।
थापाले संवाद यात्राको कार्यक्रम बिहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन् । एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने योजना छ ।