• २०८१ पुष ८, २०८१ ०२:०२

रास्वपाबाट ४ जना मन्त्री बन्ने रवि लामिछाने गृहमन्त्री बन्दै

काठमाडौँ । रास्वपाले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ । रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएको छ । यस्तै श्रम मन्त्री डिपी अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रीमा बिराज भक्त श्रेष्ठ चयन भएको छ । रास्वपाले मन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ ।

बुधबार बालुवाटारमा बसेको नयाँ सत्ता गठबन्धनको बैठकमा रास्वपालाई गृह मन्त्रालय दिन सहमति भएको हो । सभापति लामिछाने यसभन्दा अघि पनि ३२ दिन गृहमन्त्री बनेका थिए । नागरिकताको बिषयले गर्दा रविले सांसद पद गुमेपछि गृहमन्त्री बाट राजिनामा दिएको थियो ।