• २०८१ पुष ८, २०८१ ०२:२७

ठमेल र दरबार मार्ग २४ सै घण्टा खुल्ला गर्ने तयारी

काठमाडौँ । गृहमन्त्रालयले दरबार मार्ग र ठमेल क्षेत्रलाई २४ सै घण्टा खुल्ला गर्ने तयारी गरेको छ । गृहमन्त्री रवि लामिछानेले पहिलो चरणमा दरबार मार्ग र ठमेल क्षेत्रलाई २४ सै घण्टा खुल्ला गर्न निदेशन दिएका छन् । ठमेल र दरबार मार्ग २४ सै घण्टा खुल्ला गर्न स्थानीय निकायलाई संयन्त्र बनाउन पनि गृहमन्त्रालयले भनेको छ । २४ सै घण्टा खुल्ला गर्न सुरक्षा व्यवस्था मजबुत बनाउन गृहमन्त्रालयले तयारी गरेको छ ।

गृहमन्त्री रविको निर्देशन संगै काठमाडौँ जिल्ला प्रशासनले यसको लागि तिब्र तयारी गरेका छन् । ढिलोमा नयाँ बर्ष बैशाख १ भित्रै ठमेल र  दरबार मार्ग २४ सै घण्टा खुला हुने काठमाडौँ जिल्ला प्रमुख अधिकारीले बताएका छन् । गृहमन्त्रालयले सुरक्षाको व्यवस्था गर्न र नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन तयारी थालेका छन् ।

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सैं घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ ।