• २०८१ पुष ८, २०८१ ०९:१७

नागढुंगा सिस्नेखोला सुरुङमार्गको ब्रेक थ्रु

काठमाडौँ । नागढुंगा देखि सिस्नेखोला सम्मको मुख्य सुरुङमार्गको ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन् । यो सुरुङ मार्ग ५३ महिना अघि देखि निर्माण सुरु भएको थियो । यो सुरुङ मार्गको लम्बाई दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ‘ब्रेक थ्रु’ भइसकेको छ ।

आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार लगायतका काम गर्न भन्दै आपतकालीन सुरुङ निर्माण गरिएको हो । आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउजाउ गर्न मिल्ने ७ वटा ढोका छन् ।

यो सुरुङ मार्ग हाजमा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ । मुख्य सुरुङ ब्रेक थ्रु भएपछि त्यसभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था, सडक ढलान लगायतका काम हुनेछ । यो सुरुङ मार्ग संचालन भने एक बर्ष पछि हुने छ । यसको जम्मा लागत २२ अर्ब रहेको छ । यो सुरुङ मार्गमा जापानको १६ अर्ब  ऋण सहयोग छ भने नेपाल सरकारको ६ अर्ब रुपयाँ लगानी छ ।