• २०८१ पुष ८, २०८१ ०९:४६

सन्दिप लामिछानेको मुद्धामा सुनुवाई हुँदै, आज फैसला गर्ने तयारी

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेको मुद्धाको सुनुवाई भैरहेको  छ । हिजो बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । लामिछानेको मुद्धाको आज नै फैसला हुने गरि बहसलाई आजपनि निरन्तरता दिएको छ ।

जिल्ला अदातल काठमाडौँले सन्दिप लामिछानेलाई करणी मुद्धामा दोषी ठहर गर्दै ८ बर्ष जेल सजाय सुनाएको थियो । सन्दिपले जेल बाहिर बसेर मुद्धा लड्न पाउने निर्णय गरेको थियो । जिल्ला अदालत काठमाडौँको फैसलाउपर पनरावलोकनका लागि लामिछाने उच्च अदालत गएका थिए । फौजदारी अभियोगअन्तर्गत रहेको यो मुद्धामा सरकार पक्षले पनि फैसला उपर निवेदन दिएको थियो ।