काठमाडौँ । उच्च अदालत पाटनले बलात्कार मुद्धामा सन्दिप लामिछानेलाई सफाई दिएका छन् । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्धामा सन्दिपलाई ८ बर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यस विरुद्ध उच्च अदालत पाटन गएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँको निर्णय बदर गर्दै सन्दिपलाई सफाई दिएका हुन् । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।
फैसलासँगै अदालतबाहिर प्रतीक्षारत लामिछानेका समर्थकले नाचगान गर्दै खुसीयाली मनाएका छन् । गौशाला–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। सन्दिपले सफाई पाए संगै क्रिकेटमा कमब्याक गर्ने छन् । सन्दिपले अमेरिकामा हुन लागेको बिश्वकप क्रिकेटमा सहभागी हुने सम्भावना रहेको छ । त्यसका लागि आहिले नेपाल क्रिकेट संघको बैठक बसि रहेको छ । सन्दिपलाई टी – २० विश्वकप खेल्ने टोलीमा समाबेश गर्ने वा नगर्ने विषयमा छलफल गर्ने छ ।