काठमाडौँ – कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको टोलिले कान्तपुर पब्लिकेसनको मुख्य कार्यालय थापाथली पुगेर सिरोहियालाई पक्राउ गरेको हो ।
सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए । सिरोहियालाई नागरिकता सम्बन्धि कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।
कैलाश सिरोहियालाई मंगलबार नै जनकपुर लैजाने प्रहरीको तयारी रहेको छ ।