• २०८१ पुष ८, २०८१ ०८:२८

आगामी वर्ष ८१/८२ को बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले संसदमा आर्थिक बर्ष २०८१ /८२ बजेट प्रस्तुत गरेका छन् । मंगलबार अर्थमन्त्रीले आगामी बर्षको बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रुपयांको सार्वजनिक गरेको छ । अर्थमन्त्री पुनले संसदको दुवै संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

सरकारले चालु बजेट तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड बिनियोजन गरेको छ ।यस्तै पुजीगत खर्च तर्फ ३ खर्ब ५ अर्ब ३५ करोड बिनियोजन गरिएको छ । वित्तिय व्यवस्था तर्फ ३ खर्ब ६७ अर्ब १८ करोड बिनियोजन गरिएको छ ।