• २०८१ पुष ८, २०८१ ०७:०८

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

काठमाडौँ । सरकारले आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले ८१/८२ को बजेट प्रस्तुत गर्दै पर्यटकको संख्या १६ लाख पुर्याउने बताएका छन् । पर्यटन प्रवर्तनका लागि भारत र चिनमा रोड शो अथवा मेला गर्दै पर्यटकलाई नेपालमा आकर्षित गर्ने अर्थमन्त्रीले बताएका छन् ।

पर्यटन विकासका लागि नयाँ गन्तब्यको पहिचान र विकास गर्ने सरकारको योजना रहेको उनले बताए ।