• २०८१ पुष २५, २०८१ ०७:२८

सडक विभागले पिच गर्यो काठमाडौँ महानगरले भत्काएको न्युरोडको सडक

काठमाडौँ । काठमाडौँ महानगरले फुटपाथ विस्तारका लागि भनेर भत्काएको न्युरोडको सडक सोमबार सडक विभागले पिच गरेको छ । काठमाडौँ महानगरले  न्युरोडको इन्द्रचोक तर्फ जाने सडक फुटपाथ विस्तार गर्ने भन्दै भत्काएको थियो । जसको सडक विभागले विरोध जनाएको थियो । सडक विभागले सडक नकाट्नु भन्दा भन्दै सडक काटेको भन्दै सडक विभागले काठमाडौँ महानगरलाई चेतावनी दिएको थियो । काठमाडौँ महानगरले सडक विभागको अनुमति बिना सडक काटेको भन्दै फुटविस्तार गर्न  लगाएको थियो ।

काठमाडौँ महानगरले शनिबार काटेको न्युरोडको सडक सोमबार सडक विभागले पिच गर्न खोज्दा नगर प्रहरी र सडक विभागबीच विवाद भएको थियो । सडक विभागले सडक पिच गर्न लागे पछि रोक्न मेयर बालेन शाहले नगर प्रहरी पठाएको थियो । त्यसपछि सडक विभाग र काठमाडौँ नगर प्रहरी बीच विवाद उत्पन्न भएको थियो । विवाद मिलाउन नगर प्रहरी र सडक बिभागबीच छलफल भएको थियो ।  विवाद मिलेपछि नगर प्रहरी फर्केका छन् भने सडक विभागले भत्काएको सडक पिच सम्पन्न गरेका छन् ।