• २०८१ पुष ८, २०८१ १०:२४

भारतको मतपरिणाम भाजपाको सिट घट्यो कांग्रेसको बढ्यो

काठमाडौँ । भारतमा भएको लोकसभा चुनाबको मतपरिणाम आउने क्रम जारि रहेको छ । यो चुनाबमा भारतीय जनता पार्टीले २ सय ४० सिट जित्ने देखिएको छ । अहिले सम्म भारतीय जन्नता पार्टीले २१६ सिट जितेको छ भने २४ सिटमा लिड गरिरहेको छ । यस्तै कांग्रेसले यो पटक एक सय सिट जित्ने पक्का पक्कि देखिएको छ । अहिले कांग्रेसले ८४ सिट जितेको छ भने १६ सिटमा अगाडी रहेको छ । भारतीय जनता पार्टीले अघिल्लो चुनाबको भन्दा यो पटक कम सिट जितेको छ । ५ सय ४३ सदस्यीय रहेको लोकसभामा सरकार बनाउन २७२ सिटआवश्यकता पर्दछ । २०१९ मा भएको लोकसभा चुनाबमा भाजपाले ३ सय ३ सिट ल्याएको थियो ।

यस पटक नरेन्द्र मोदीले अरु पार्टीको सहयोगमा सरकार बनाउनु पर्ने छ । भाजपा नेतृत्व एनडीए गठबन्धनले २ सय ९३ सिटसंगै अगाडी रहेको छ । भाजपाको एकल बहुमत नआएपनि एनडीए गठबन्धनको स्पष्ट बहुमत आउने देखिएको छ  । कांग्रेस नेतृत्वको इन्डियान गठबन्धनले २३४ सिटमा लिड गरिरहेको छ । इन्डियान गठबन्धनले यो पटकको लोकसभा चुनाबमा राम्रो प्रदर्शन गरेका छन् । कांग्रेसका राहुल गान्धीले रायबरेली र वायानद गरि दुई क्षेत्रबाट चुनाब जितेका छन् ।  प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको वारणासीबाट चुनाब जितेका छन् ।

नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बन्ने छन् । नरेन्द्र मोदी २०१४ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । २०१४ मा भएको लोकसभा चुनाबमा भाजपाले एकल बहुमत ल्याएका थिए । यस्तै २०१९ मा भएको लोकसभा चुनाबमा पनि भाजपाले बहुमत ल्याएका थिए । नरेन्द्र मोदीले दुइ कार्यकाल भाजपाको एकल बहुमतको सरकार चलाएका थिए । तर २०२४ मा भएको लोकसभा चुनाबमा भाजपालाई ठुलो झट्का लागेको छ । यो चुनाबमा भाजपालाई भारतीय जनताले एकल बहुमत दिएन । यो चुनाबमा उत्तर प्रदेशमा भाजपाले जम्मा ३३ सिट जितेको छ । यस्तै कांग्रेसले ६ सिट जितेको छ । उत्तर प्रदेशमा समाजवादी पार्टीले ३७ सिट जितेको छ ।