• २०८१ पुष ८, २०८१ १०:३२

भारतमा चुनाबको मतपरिणाम : भाजपाले २ सय ४० सिट जित्यो, मोदीले दिए राजिनामा

काठमाडौँ । भारतमा भएको लोकसभा चुनाबको मतगणना सम्पन्न भएको छ । ४५ दिन लगाएर भएको लोकसभा चुनाबको मतगणना मंगलबार भएको थियो । बुधबार सम्म लोकसभा चुनाबको सम्पूर्ण नतिजा आएको छ । भारतको जनताले यो पटक भारतीय जनता पार्टीलाई बहुमत दिएन । चुनाबमा भारतीय जनता पार्टीले २ सय ४० सिट जितेका छन् । लोकसभामा ५ सय ४३ सदस्यीय रहेकोमा बहुमत बनाउन २ सय ७२ सिट ल्याउनु पर्ने हुन्छ ।  २०१९ मा भएको चुनाबमा भाजपाले ३०३ सिट ल्याएका थिए भने २०१४ मा पनि भाजपाले बहुमत ल्याएका थिए । तर यो पटकको लोकसभा चुनाबमा भाजपालाई ठुलो झट्का लागेको छ । भाजपालाई उत्तर प्रदेशमा ठुलो झट्का लागेको छ । उसले उत्तर प्रदेशमा ३३ सिट जित्न सफल भएको छ । उत्तर प्रदेशमा कांग्रेसले ६ सिट जितेको छ । यस्तै समाजवादी पार्टीले उत्तर प्रदेशमा सबैभन्दा धेरै सिट जितेको छ । उसले ३७ सिट जितेको छ ।

यो पटकको लोकसभा चुनाबमा कांग्रेसले सिट बढाउन सफल भएको छ । कांग्रेसले ९९ सिट जितेको छ । २०१९ मा भएको लोकसभा चुनाबमा कांग्रेसले ५४ सिट जितेको थियो । भारतमा यो पटकको लोकसभा चुनाबमा कुनै पनि पार्टीले बहुमत ल्याउन सकेन । यो पटक भाजपा नेतृत्वको गठबन्धन एनडीएले बहुमत अर्थात् २९२ सिट ल्याएका छन् । यस्तै विपरित इन्डियान गठबन्धनले भने २३४ सिट जितेका छन् । अखिलेश यादवको नेतृत्वमा रहेको समाजवादी पार्टीले ३७ सिट जितेर देशको तेस्रो पार्टी बन्न सफल भएको छ । भाजपा नेतृत्व एनडीएले स्पष्ट बहुमत ल्याएकाले नरेन्द्र मोदीको नेतृत्वमा नयाँ सरकार गठन बन्ने भएको छ । जसमा एनडिए नेतृत्वको नितिश कुमार नेतृत्वको पार्टी जेडीयूले १२ सिट जितेको छ । टीडीपी पार्टीले १६ सिट जितेको छ भने शिव सेनाले ७ सिट जितेको छ । भाजपालाई नितिश कुमार र टीडीपी पार्टीले नरेन्द्र मोदीको नेतृत्वमा नयाँ बन्ने सरकारलाई सपोर्ट गर्ने भएको छ ।

भारतमा लोकसभाको मतपरिणाम आएसंगै नरेन्द्र मोदीले प्रधानमन्त्रीको पदबाट राजिनामा दिएका छन् । उनले बुधबार राष्ट्रपति समक्ष राजिनामा दिएका हुन् । मोदीको नेतृत्वमा एनडीए गठबन्धनको नयाँ सरकार बनाउनका लागि मोदीले राजनीमा दिएका हुन् । नरेन्द्र मोदीले शनिबार प्रधानमन्त्रीको रुपमा शपथ लिने भारतीय मिडियाले बताएको छ ।