• २०८३ जेष्ठ २५, २०८३ ०३:४७

प्रचण्डले गरे मोदीको शपथमा दिल्ली जाने तयारी

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली जाने तयारी गरेका छन् । भारतमा लोकसभाको चुनाब सम्पन्न संगै नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएपछि शपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले तयारी दिल्ली गरेको छ ।

लोकसभा निर्वाचनमा भाजपा नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले मोदीलाई फोन गरेर बधाई दिएका थिए । त्यही टेलिफोन कुराकानीको क्रममा मोदीले प्रचण्डलाई शपथ समारोहमा आउन निम्तो दिएका थिए । कुराकानी लगत्तै मोदीले सामाजिक सन्जाल एक्समार्फत् प्रधानमन्त्री प्रचण्डप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

भारतमा लोकसभाको मतपरिणाम पछि नयाँ सरकार बन्ने भएसंगै प्रधानमन्त्री पदबाट मोदीले राष्ट्रपति समक्ष बुधबार राजिनामा दिएका थिए । मोदीको नेतृत्वमा नयाँ सरकार बन्ने निश्चित भएको छ । मोदीले तेस्री कार्यकालका लागि शनिबार प्रधानमन्त्री शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । सोहि कार्यक्रममा सहभागी हुन नेपालका प्रधानमन्त्री प्रचण्डले दिल्ली जाने तयारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड दिल्ली कहिले जान लागेका हुन् त्यो भने अझै निश्चित हुन बाँकी रहेको छ ।