• २०८१ पुष ८, २०८१ ०२:४६

त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना, १८ जनाको मृत्यु

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा सौर्य एयरको विमान दुर्घटना भएको छ । बुधबार बिहान ११ बजेको समयमा काठमाडौँबाट पोखरा उड्न लागेको विमान उड्ने क्रममा दुर्घटना भएको बताएको छ । विमानमा दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

विमान उड्ने बितिकै असन्तुलित भएर भुइमा खसेको जनाएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानको क्याप्टेन मनिष शाक्य रहेको छ । उनलाई उद्धार गरि अहिले अस्पताल लागिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेना र नेपाल प्रहरी लगायत अन्य टोलीले उद्धार गरिरहेको छ ।

अहिले सम्म ४ जनाको शव दुर्घटनास्थलबाट निकालेको छ । विमान दुर्घटनाको जानकारी पाएलगतै गृहमन्त्री रमेश लेखक दुर्घटनास्थल पुगेका छन् । अहिले त्रिभुवन विमानस्थल बन्द गरिएको छ । उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन् ।

आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ ।