• २०८१ पुष ८, २०८१ ०९:२४

विमान दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु , पाइलटको अवस्था खतरामुक्त

काठमाडौँ । बुधबार नेपालको अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परि एकै परिवारको ३ जनाको मृत्यु भएको छ । सौर्य एयरमा कार्यरत प्राबिधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माले दुर्घटनामा ज्यान गुमाएका हुन् ।

प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर थिइन् । बुधबार इन्जिन परीक्षणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगर प्रयोग गर्ने गरी विमान उडेको थियो । तर विमान उडेलगत्तै विमानस्थल क्षेत्रभित्रै दुर्घटनामा परेको थियो ।

सौर्य एयरलाइन्सले विवरणमा खतिवडा र उनका छोरालाई पनि कम्पनीकै कर्मचारीको रुपमा देखाए पनि उनीहरू यात्रु रहेको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा परी अधिराज शर्मा (बालक)को मृत्यु भएको पुष्टि गरेको छ ।

सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका अन्य सबै भने सौर्य एयरको कर्मचारी रहेका छन् । विमान दुर्घटनामा मृतकहरुको शवलाइ अहिले शिक्षण अस्पतालमा राखिएको छ । दुर्घटनामा मृत्यु भएकाको अहिले पोस्टमार्टम सुरु भएको छ । विमान दुर्घटनामा बाच्न सफल भएका पाइलट मनिष शाक्यको भने अहिले काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।