• २०८१ पुष ८, २०८१ ०५:५४

सन्दिप लामिछानेलाई आयो खुशीको खबर, बलात्कारको मुद्धा अघि नबढाउन भन्दै गौशाला २६ ले दिइन् निबेदन

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने विरुद्ध बलात्कारको मुद्धा आघि नबढ्ने भएको छ । लामिछाने विरुद्ध बलात्कारको मुद्धा अघि नबढाउनका लागि आग्रह गर्दै ‘गौशाला २६’ ले सरकारी कार्यालय पाटनमा निवेदन दर्ता गरेकी छन् । सन्दिपलाई उच्च अदालत पाटनले बलात्कार मुद्धामा सफाई दिएका थिए । गत शुक्रबार मात्रै फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो ।

पिडित भनिने गौशाला २६ ले बिहिबार सरकारी वकिल कार्यालय पाटन पुगेर निबेदन दर्ता गराएकी हुन् । उनले निबेदनमा आफ्नो नागरिकताको सक्कलप्रति पनि बुझाएकी छिन् । उनले निबेदनमा यो मुद्धाका कारण मानसिक तनावमा परेको र सामाजिक रुपमा समेत ठुलो असर परेका कारण यो मुद्धा थप अगाडी नबढोस भन्ने चाहना राखेर निबेदन दिएको बताएकी छन् ।

उनले हस्तलिखित निवेदन उच्च सरकारी वकिल कार्यालयमा पेस गरेकी छन् । गौशाला २६ ले आफैँ आएर मुद्दा अघि नबढाउन निवेदन दिएको उच्च सरकारी वकिल कार्यालयका प्रमुख शङ्कर खत्रीले पुष्टि गरे । उनले निवेदनबारे थप टिप्पणी भने नगर्ने बताए ।

जिल्ला अदालतले क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद फैसला गरेको थियो । जिल्लाले पीडितलाई नाबालिक भन्न नमिल्ने फैसला गरेको थियो ।तर, उच्च अदालत पाटनले भने बलात्कारको वस्तुनिष्ट प्रमाणको अभाव रहेको र पीडित नाबालिग नदेखिएको भन्दै लामिछानेलाई सफाइ दिएको थियो ।