• २०८१ पुष ८, २०८१ ०९:१३

मौद्रिक नीतिपछि शेयर बजारमा सकारात्मक सर्किट, २० मिनेटको लागि शेयर कारोबार बन्द

काठमाडौँ । मौद्रिक नीतिपछि नेप्से सूचक सर्किट लागेर बन्द भएको छ।

बजार खुलेको पहिलो १ मिनेट ३१ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटको लागि शेयर कारोबार बन्द भएको हो।

पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२ अंक बढेर २६७० अंकमा कायम भएको छ ।