• २०८१ पुष ८, २०८१ ०४:१२

हराएका प्रकाश तामाङले पाए नागरिकता

काठमाडौँ । ३५ बर्ष देखि हराएका भोजपुरका प्रकाश तामाङले नागरिकता प्राप्त गरेका छन् । आइतबार  षडानन्द नगरपालिका–१० स्थित प्रकाशको घरमै पुगेर दिङ्ला इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय विनोद ज्ञवालीले नागरिकताको प्रमाणपत्र दिएका हुन् ।

१० बर्षको उमेर देखि हराएका प्रकाशले ४५ बर्षको उमेरमा नागरिकता पाएका हुन् ।  “हेर्ने कथा” नामक युट्युब च्यानलले हराएका प्रकाशलाई सार्वजनिक गर्दै ३५ वर्ष पछि  परिवारसंग पुनर्मिलन गराएका थिए । प्रकाश तामाङको नागरिकताको विषयमा प्रधानमन्त्री केपी ओलीले चासो दिएका थिए ।  प्रधानमन्त्रीकै चासो हुँदा वडाध्यक्ष, मेयर र दिङ्ला इलाका प्रशासन कार्यालयको समन्वयमा घरमै प्रकाशले नागरिकताको प्रमाणपत्र पाएका हुन् ।