काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने विरुद्द कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछाने विरुद्ध तिनवटा कसुरमा मुद्धा दर्ता भएको छ । लामिछाने विरुद्ध सहकारी ठग, संघठित अपराध र सम्पति शुद्धीकरण कसुरमा अदालतमा अभियोग पत्र दर्ता भएको छ ।
सरकारले पूर्व गृहमन्त्री पनि रहेका लामिछाने सहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको हो । मुद्धा दर्ता संगै भोलि अर्थात् मंगलबारबाट लामिछानेको बयान सुरु हुने छ । मंगलबारबाट लामिछाने र डीआईजी छविलाल जोशीको थुनछेक बहस सुरु हुने छ ।
प्रहरीले ५१ जनालाई प्रतिवादी कायम गर्न सरकारी वकिललाई राय दिएको थियो । लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदावी लिनुपर्ने राय दिएको थियो । तर, सरकारी वकिलले प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ ।
रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको छ । अपचलनमा संलग्न आरोपमा लामिछाने, जोशी र पछाईंं, राम बहादुर खनाल र कृष्ण गुरुङ पक्राउ परेका छन् ।