• २०८२ फाल्गुन २४, २०८२ ०५:५८

झापा–५ मा बालेन शाहको ऐतिहासिक जीत, केपी ओली पराजित

झापा — प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह विजयी भएका छन्। उनले कुल ६८ हजार ३४८ मत प्राप्त गर्दै प्रभावशाली जीत हासिल गरेका हुन्।

उनका मुख्य प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरेका छन्। यससँगै झापा–५ मा रास्वपाले ठूलो मतान्तरसहित ऐतिहासिक सफलता हात पारेको छ।

निर्वाचन परिणामअनुसार शाहले ओलीलाई झण्डै ४९ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन्। मतगणनाको सुरुदेखि नै अग्रता लिएका शाहले अन्तिम परिणामसम्म आफ्नो अग्रता कायम राख्दै स्पष्ट जीत सुनिश्चित गरेका हुन्।

झापा–५ लामो समयदेखि एमालेको प्रभाव रहेको क्षेत्र मानिँदै आएको थियो। तर यसपटक मतदाताले नयाँ नेतृत्वप्रति विश्वास देखाउँदै रास्वपाका उम्मेदवार शाहलाई ठूलो मतान्तरसहित विजयी बनाएका छन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि रास्वपा समर्थकहरूले विभिन्न स्थानमा खुशी व्यक्त गर्दै विजय उत्सव मनाइरहेका छन्।