• २०८३ श्रावण २७, २०८३ १०:५३

मन्त्रिपरिषद् बैठकले के के गरे निर्णय

काठमाडौँ ।  मंगलबार बसेको मन्त्रिपरिषद बैठकले हाली भएका प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चार जना व्यक्तिहरुलाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहा जिल्लाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यसैगरी सरकारले नेपाल भित्र पैठारी वा उत्पादन हुने विद्युत्‌बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) मा पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय गरेको छ ।

त्यस्तै बैदेशिक रोगर बिभागको बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ । एनसेलको सेयर खरिद-बिक्रीका सम्बन्धमा पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनलाई पनि सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।