• २०८१ पुष ८, २०८१ ०३:१७

विश्वकप क्रिकेटको उपाधि आयोजक इङ्ल्यान्डलाई

विश्वकप क्रिकेटको उपाधि आयोजक इङ्ल्यान्डलाई

विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि आयोजक इङ्ल्यान्डले जितेको छ। लर्डस स्टेडियममा अघिल्लो संस्करणको उपविजेता न्युजिल्यान्डको उपाधि जित्ने सपनामा धक्का दिँदै इङ्ल्यान्डले उपाधि उचालेको हो। निर्धारित ५० ओभरको खेल बराबरी भएपछि सुपर ओभरमा पुगेर इङ्ल्यान्डले उपाधि उचालेको हो।

सुपर ओभरमा इङल्यान्डले १५ रन बनाउन सफल भयो। उसका लागि जोस बटलर र बेन स्टोक्सले सुपर ओभरमा ब्याटिङ गरेका थिए। सुपर ओभरमा ब्याटिङमा पुगेका मार्टिन गुप्तिल एक बलमा २ रन चाहिएको अवस्थमा रनआउट हुन पुगेपछि उपाधि न्युजिल्यान्डको हातबाट फुत्केको हो। निर्धारित समय र सुपर ओभरमा पनि खेल बराबरी भएपछि बाउन्ड्री अनुसार उपाधि इङ्ल्यान्डले उचालेको हो। सुपर ओभरमा पनि दुवैले १५-१५ रन बनाएपछि खेलभर धेरै बाउन्ड्री प्रहार गरेको आधारमा उपाधि इङ्ल्यान्डको पोल्टामा गएको हो।

२७ वर्षपछि फाइनलमा पुग्दै उपाधि चुमेको इङ्ल्यान्डले न्यूजिल्यान्डले दिएको २४१ रनको चुनौती पछ्याउँदै सबै विकेट गुमाएर २४१ रन नै बनाएको थियो। त्यसपछि सुपर ओभरबाट इङ्ल्यान्डले उपाधि जितेको हो।