• २०८१ पुष ८, २०८१ ०२:४३

आइएमइ मोटर्स र कामना सेवाको सम्झौता

आइएमइ मोटर्स र कामना सेवाको सम्झौता

कामना सेवा विकास बैंक लिमिटेड र आइएमइ मोटर्स प्रालिबीच व्यापार सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अनुसार आइएमइ मोटर्स मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहजर छरितो रुपमा विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन्।

सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमइ मोटर्सको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका थिए ।

काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९४ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ।