• २०८१ पुष ८, २०८१ ०९:२८

इन्फ्रास्ट्रक्चर बैंकको शेयर शुक्रबार बाँडफाँड हुने, अधिकतम ६० कित्ता सम्म पाउने

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर बांडफांड शुक्रबार हुने भएको छ । बुधबार प्रि-अलोटमेन्ट बुधरबार प्रि अलोटमेन्ट सकिएपछि बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले शुक्रबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने भएको हो ।

बैंकको शेयर वाँडफाँडको लागि एनआईविएल एस क्यापिटले बुधबार प्रि अलोटमेन्टको सबै काम सकाएर धितोपत्र बोर्डमा विवरण बुझाएको छ । बोर्डबाट स्वीकृति भएपछि बैंकको शेयर शुक्रबार १० बजे बाँडफाँड गर्ने बिक्री प्रबन्धक क्यापिटलले जनाएको छ ।

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

बैंकको उक्त आईपीओमा १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेका छन् । बैंकले ठुलो भोलुममा शेयर निष्काशन गरेकोले शेयरमा आबेदन गर्ने सबैले न्युनतम ५० कित्ता शेयर पाउनेछन् ।

यो आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको २.३९ गुणा बढी हुन आउछ । बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले करिब ५० कित्ता शेयर पाउने पक्का छ ।

५० कित्ता सम्म माग गर्ने वितरण भएर बाँकी रहेको शेयर पुन गोला प्रथाबाट शेयर वितरण हुनेछ । त्यस अनुसार अधिकतम ६० कित्ता सम्म शेयर पाउने देखिन्छ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँ