कांग्रेस नेता सिटौला राष्ट्रिय सभामा निर्वाचित
onlineshowkhabar
११ माघ, २०८०
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट उम्मेदवार बनेका सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार प्राप्त गरेका छन् ।
सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाए । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।
...थप हेर्नुहोस्